ad ad

खेल


दोस्रो खेलमा नेपालले गर्‍यो ३ खेलाडी परिवर्तन, आकाशको डेब्यु

क्यानडाविरुद्ध पहिले फिल्डिङ गर्ने
दोस्रो खेलमा नेपालले गर्‍यो ३ खेलाडी परिवर्तन, आकाशको डेब्यु

नेपालखबर
माघ २७, २०८० शनिबार ९:११, काठमाडौँ

घरेलु मैदानमा जारी तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ। 

पहिलो खेलमा टोलीमा रहेका कुशल भुर्तेल, आरिफ शेख र ललित राजवंशीलाई मुख्य प्रशिक्षक मोन्टी देसाईले बेन्चमा राखेका छन्। 

उनीहरुको स्थानमा देव खनाल, अनिल शाह र आकाश चन्दलाई टोलीमा ल्याइएको छ। 

क्यानडासँगको दोस्रो खेलमा आकाश चन्दले डेब्यु गर्ने भएका छन्। 

आईसीसी यू-१९ विश्वकपको एकै खेलमा ५ विकेट लिर्दै आकाशले सनसनी मच्चाएका थिए। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुन लागेको दोस्रो खेलमा क्यानडाले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। 

पहिलो खेलमा क्यानडामाथि ७ रनको रोमाञ्चक जित हासिल गरेको नेपाल लगातार दोस्रो खेल पनि जितेर सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .