भ्रमण टोली क्यानडाविरुद्ध दोस्रो जितको खोजीमा छ नेपाल।
तीन खेलको एक दिवसीय सिरिजको दोस्रो खेलमा घरेलु टोली नेपालसामु क्यानाडाले २८५ रनको विशाल लक्ष्य दिएको छ।
पहिलो खेल आफ्नो पक्षमा पारेको नेपालले यो खेल जिते सिरिज पनि घरमै राख्ने छ।
क्यानाडाले पहिले ब्याटिङ गर्दै स्कोर ३ सय नजिक पुर्याएकाले यो खेलमा नेपालमाथि दबाब परेको छ।
जवाफी ब्याटिङमा उत्रिँदै गरेको नेपालका ओपनर र मिडिल अर्डर चलेमा एक खेलअगावै सिरिज पक्का हुनेछ।
39
Shares
प्रतिक्रिया