एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ मा एथलेटीक्सकी राजपुरा पछाईं वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन्।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार काठमाडौँमा विशेष समारोह आयोजना गरेर उनलाई उत्कृष्ट महिला खेलाडी घोषित गरेको हो।
एथलेटिक्सकी पुष्पा भण्डारी र बास्केटबलकी अनुशा मल्ललाई पछि पार्दै राजपुराले उक्त अवार्ड जित्न सफल भएकी हुन्।
उनले वर्षको महिला खेलाडी घोषित हुँदै पल्सर मोटरसाइकल पनि जित्न सफल भएकी छन्।
पछाईले १६ औँ एसियन क्रस कन्ट्रीतर्फ दोहोरो रजत पदक जित्न सफल भएकी थिइन्।
21
Shares
प्रतिक्रिया