ad ad

खेल


शतक बनाएका अनिल भन्छन् : ५० को स्कोरपछि मसँग भीम थियो, राम्रो साथ पाएँ

शतक बनाएका अनिल भन्छन् : ५० को स्कोरपछि मसँग भीम थियो, राम्रो साथ पाएँ

तस्बिर : सरोज नेपाल


नेपालखबर
माघ २९, २०८० सोमबार १७:४९, काठमाडौँ

क्यानाडाविरुद्धको एक दिवसीय सिरिजको अन्तिम खेलमा शतक बनाएका अनिल साहले आफूलाई साथ दिएका भीम सार्कीको खुलेर प्रशंसा गरेका छन्।

भीमसँग कीर्तिमानी साझेदारी गरेका साहले आजको खेलमा १२४ को सामना गर्दै ११२ रन बनाए। उता भीमले पनि १२९ बलमा १०१ रनको शतकीय योगदान दिए।

सिरिज क्लिनस्विप गरिसकेपछि पोस्ट म्याच संवादका क्रममा उनले आफ्नो प्रदर्शनबाट सन्तुष्ट रहेको सुनाए। 

‘सन्तुष्ट छु, खुसी छु। टिमका लागि जति रन बनायो, त्यति योगदान दिन सकिन्छ’, उनले भने, ‘बल हेर्‍यो, रियाक्ट गर्‍यो, आज हामीले त्यही गर्‍यौँ। दिमाग खाली राखेर हामीले बलको सामना गर्‍यौँ। जोडले नहानी प्लेसमेन्ट मात्रै गर्‍यौँ।’

उनले क्रिकेट करिअरको यो पाँच वर्षको बीचमा दुईवटा मात्रै खेल खेलेको पनि सुनाए। ‘पाँच वर्षको बीचमा दुईवटा गेम खेलेको थिएँ। त्यसबीचमा म घाइते थिएँ’, उनले भने, ‘पीएम कपमा पनि खेलेको थिएँ। भीमले मलाई सहयोग गरेको थियो।’

उनले शतक बनाएपछि कसरी खुसी साट्ने भन्ने योजना नबनाएको बताए। ‘त्यस्तो रियाक्सन केही थिएन’, उनले भने, ‘कसरी खुसी साटेँ, ठिकै भयो होला।’ 

उनले यसअघि नै अर्धशतक बनाइसकेकाले आजको अर्धशतकलाई सेलिब्रेसनको आवश्यकता नठानेको बताए। 

तर आफूले अर्धशतक बनाएपछि अरु केही नसोचेको बताए। ‘५० को स्कोरपछि मसँग केही पनि थिएन। मसँग भीमको साथ थियो’, उनले भने, ‘विपक्षी कस्तो भन्दा पनि मैले बल खेल्नुपर्ने हो। रिलिज पोइन्टमा हेरेर बलको सामना गरिरहेको थिएँ। हाम्रो काम रन बनाउने हो। हामीले आज त्यो जिम्मेवारी पूरा गर्यौँ।’

उनले पत्रकारहरूसँग भीम सार्कीको पटक पटक प्रशंसा गरे। ‘एउटा ५० हानेर पहिले नै सेलिब्रेशन गरिसकेको थिएँ। मलाई भीमले फोकस हुन भनिरहेको थियो। फोकस सिधा बलमै थियो। हरेक बलमा कसरी फोकस ब्याक हुने भन्ने थियो’, उनले भने, ‘भीमले मलाई हरेक बलमा सहयोग गर्‍यो। 

उता अनिलसँगको उत्कृष्ट साझेदारीमा शतक बनाएका भीम सार्कीले क्रिजमा जाँदा शतक बनाउँछु भन्ने नसोचेको बताए। 

‘विगतमा राम्रो भएको थिएन। यो मेरो अवसर हो भनेको थिएँ’, उनले भने, ‘पीएम कपमा पनि राम्रो भएको थिएन। हरेक खेलाडीलाई हरेक खेल राम्रो बनाउने भन्ने हुन्छ। आज चाहिँ नटआउट जानुपर्छ भन्ने मनस्थिति थियो।’

उनले अनिल साहको प्रशंसा गर्दै उनी सधैँ पोजेटिभ इन्टेन्डले खेल्ने बताए। ‘अनिल दाइ सधैँ सकारात्मक भएर खेल्ने गर्नु हुन्छ’, उनले भने, ‘सबैको एउटा सपना हुन्छ राष्ट्रिय टिममा पर्ने। निरन्तर खेल्दा अपेक्षा पनि धेरै हुन्छ।  त्यसैले आज हामीले त्यो अपेक्षलाई पूरा गर्ने गरी खेल्यौँ। खुसी छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .