आईसीसी विश्वकप लिग २ अन्तर्गत कीर्तिपुरमा भइरहेको पहिलो खेलमा नामिबियालाई रोक्न अहिले नेपाल संघर्षरत छ।
ब्याटिङ फ्लप भएपछि पूरै ओभर नखेली अलआउट हुँदै १३२ रनको सामान्य स्कोरमा समेटिएको नेपाल अहिले बलिङतर्फ दबाब बढाउने कोसिसमा छ।
नेपाली ब्याटरहरू फ्लप हुँदा खेल फुत्किएको आँकलनबीच अहिले नामिबियालाई रोक्ने कोसिस भइरहेको छ।
नामिबियालाई रोक्ने संघर्षका क्रममा ललित राजवंशीले उसका दुवै ओपनरलाई सस्तैमा पभेलियन पठाएका छन्।
ललितले १४ औँ ओभरको पहिलो बलमा माइकल भान लिंगेनलाई २३ रनमा क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।
ओपनर माइकबलले ३३ बलमा ३ चौका हान्दै २३ रन बनाउँदा अनिल शाहको हातबाट क्याच आउट भए।
त्यसअघि ललित रजवंशीले छैटौं ओभरको तेस्रे बलमा ओपनर निकोलस डेभिनलाई १५ रन बनाउँदा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।
नेपालले दिएको १ सय ३३ रनको साममन्य लक्ष्य पछ्याएको नामिबियाले १७.१ ओभरमा २ विकेट गुमाएर ६७ रन बनाउँदै खेलरिहेको छ।
Shares
प्रतिक्रिया