ad ad

खेल


विश्वकप लिग २ का सबै खेल एक्सन स्पोर्ट्स एचडी१ बाट प्रत्यक्ष प्रसारण हुने

विश्वकप लिग २ का सबै खेल एक्सन स्पोर्ट्स एचडी१ बाट प्रत्यक्ष प्रसारण हुने

नेपालखबर
फागुन ३, २०८० बिहिबार १४:२७, काठमाडौँ

नेपाल, नामिबिया र नेदरल्यान्ड्स सम्मिलित आइसीसी पुरुष क्रिकेट विश्व कप लिग २ का खेलहरु बिहीबारबाट सुरु भएको छ। 

पछिल्लो समय नेपाल र क्यानडाबीचको बाइल्याटरल सिरिज प्रत्यक्ष प्रशारण गरेको डिशहोम एक्सन स्पोर्टस एचडी१ ले आईसीसी लिग टू अन्तर्गत त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने त्रिकोणात्मक एक दिवसीय सिरिज पनि प्रत्यक्ष प्रसारण गर्ने भएको हो।

तीनै टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन्। लिग २ का सबै ६ खेल डिशहोमको एक्सन स्पोर्टस एचडी १ ले प्रत्यक्ष प्रसारण गर्नेछ। त्यस्तै एक्सन स्पोर्टसको युट्युब र डिशहोस गो एपबाट पनि प्रत्यक्ष प्रसारण हुनेछ। 

कीर्तिपुरस्थित टियु मैदानमा हुने लिगको पहिलो खेल फेुब्रअरी १५ मा नेपाल र नामिबियाबीच हुनेछ। फुब्रअरी १७ मा नेपाल र नेदरल्यान्ड्स, फुब्रअरी १९ मा नामिबिया र नेदरल्यान्ड्स, फेब्रुअरी २१ नेपाल र नामिबिया, फुब्रुअरी २३ मा नामिबिया र नेदरल्यान्ड्स तथा फुब्रअरी २५ मा छैटौं तथा अन्तिम खेल नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ। लिग २ मा नेपाल, नामिबिया, नेदरल्यान्ड्ससहित क्यानडा, ओमान, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स, अमेरिका छन्। लिग २ मा हरेक टोलीले ३६ खेल खेल्नेछन्।

उक्त सिरिज डिस होमको एक्सन स्पोर्टस एचडी र डिस होम गो एप्समा हेर्न पाइने छ। लिग टू को पहिलो खेलमा नेपालले नामेवियासँग बिहीबार १५ फेब्रुअरीमा खेल्नेछ। सबै खेल विहान सवा ९ बजेदेखि सुरुहुने छ। तीन वर्षसम्म चल्ने लिग २ का शीर्ष ४ टोलीले सिधै विश्व छनोट खेल्ने पाउनेछ। पुछारका ४ टोलीले भने प्ले अफ खेल्नुपर्ने हुन्छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .