आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता प्राप्त भएको छ।
नेपालले दिएको १७३ रनको चुनौती पछ्याएको नेदरल्यान्ड्सले ६१ रन बनाएको अवस्थामा पहिलो विकेट गुमाएको हो।
दीपेन्द्र सिंह ऐरीले नवौँ ओभरको चौथो बलमा ओपनर माइकल लेभिटलाई बोल्ड आउट गर्दै नेपाललाई पहिलो सफलता दिलाएका हुन्।
नेपालले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको नेदरलयान्ड्सले ८.४ ओभरमा १ विकेटको क्षतिमा ६१ रन बनाएर खेलिरहेको छ।
ओपनर म्याक्स ओ डाउड २१ रनमा नटआउट छन्। तेस्रो नम्बरमा विक्रमजित सिंह आएका छन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपाल ३ बल अगावै १ सय ७२ रनमा अलआउट भयो।
378
Shares
प्रतिक्रिया