टी–२० आई त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले आज (शनिबार) नेदरल्यान्ड्ससँग खेल्दै छ।
खेल बिहान ११:३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुरु हुनेछ।
नेपालले नामिबिया र नेदरल्यान्ड्स सम्मिलित त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाअन्तर्गत अघिल्ला तीन खेलमध्ये एउटामा मात्र जित हासिल गरेको छ।
शृंखलाको फाइनलमा पुग्ने सहज बाटो बनाउन नेपालले आजको खेल जित्नैपर्ने हुन्छ।
नेपालले तेस्रो खेलमा शुक्रबार नामिबियालाई ३ रनले हराएको थियो।
यसअघि भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले तथा नेदरल्यान्ड्ससँग दोस्रो खेलमा दुई रनले पराजित भएको थियो।
शृंखलामा नेदरल्यान्ड्स हालसम्म खेलेका दुवै खेलमा जित निकाल्दै चार अङ्कका साथ शीर्ष स्थानमा छ।
नेपाल र नामिबियाको दुई दुई अङ्क छ। रन रेटका आधारमा नेपाल दोस्रो तथा नामिबिया अङ्क तालिकाको पुछारमा छ।
Shares
प्रतिक्रिया