टी २० आई त्रिकोणात्मक सिरिज अन्तर्गत नेदरल्याण्डविरुद्ध नेपालले तेस्रो सफलता पाएको छ।
पहिलो ओभरमा नै करण केसीले दुई विकेट लिएर दबाबमा परेको नेदरल्यान्ड्सको अन्य २ विकेट प्रतिश जिसीले लिएका हुन्।
प्रतिशले नवौँ ओभरको पहिलो र पाँचौँ बलमा नेदरल्यान्ड्सको तेस्रो र चौथो विकेट झारेका हुन्।
उनले स्कट इडवार्ड्सलाई १८ रन बनाएको अवस्थामा नवौँ ओभरको पहिलो बलमा पेभेलियन फर्काए।
त्यसपछि नवौँ ओभरकै पाँचौँ बलमा उनैले म्याक्स वडाउडलाई ३१ रन बनाएको अवस्थामा आउट गरे।
त्यसअघि ओभरको चौथो बलमा ओपनर माइकल लेभिटलाई करण केसी ४ रनमा आउट गराएका थिए। त्यसपछि अन्तिम बलमा सेब्रड एंगेलब्रेटाई शून्य रनमै उनैले पेभेलियनको बाटो देखाएका थिए।
273
Shares
प्रतिक्रिया