नेपाली राष्ट्रिय टिमका खेलाडी गुल्सन झाले खेलाडीको रुपमा सधैँ राम्रो खेल्न नसकिने भन्दै कहिलेकाहीँ तलमाथि भइरहने बताएका छन्।
टियु क्रिकेट मैदानमा शनिबार नेदरल्यान्डस्विरुद्धको खेलमा गुल्सनले नेपाललाई ३६ बलमा ३८ रन योगदान दिएका थिए।्
शनिबारको खेलपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले भने, ‘खेलाडीको रूपमा मलाई बुझ्नुपर्छ सधैँ राम्रो हुँदैन। तलमाथि भइरहेको हुन्छ।’
साथै, उनले कुनै खेलमा नराम्रो प्रदर्शन हुँदा सिनियर टोलीबाट कन्फिडेन्स आइरहने बताए।
‘नराम्रो भएको बेला दाइहरूसँग कुरा गर्दै उहाँले कन्फिडेन्स दिनुभएको थियो, दिइरहनुहुन्छ,’ उनले भने।
105
Shares
प्रतिक्रिया