राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको नेतृत्वमा रहेको लेजेन्ड्स २०१४ ले एक्स्ट्राटेक लिजेन्ड कप टी–१० लिगको उपाधि उचालेको छ।
सोमबार एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटनको अवसरमा भएको टी–१० लिगमा विनोद दासको कप्तानीमा रहेको रेष्ट अफ ११ लाई १७ रनले पराजित गर्दै उपाधि जितेको हो।
विश्वकप २०१४ ले दिएको १ सय २ रनको विशाल लक्ष्य पछ्याएको रेस्ट अफ नेपालले निर्धारित १० ओभरमा ९ विकेटको क्षतिमा ८४ रन मात्र बनाउन सक्यो।
विनोद कुवँर र सदीक्षा गौतमको निजी लगानीमा एक्स्ट्राटेक ओभल प्रालीले रुपन्देहीको तिलोत्तमा नगरपालिमा निर्माण गरिरहेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटनको अवसरमा लिग गरेको हो।
180
Shares
प्रतिक्रिया