अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का अध्यक्ष ग्रेग बार्कले सोमबार अपरान्ह काठमाडौं आइपुगेका छन्।
नेपाल क्रिकेट संघ (क्यान)का अनुसार आईसीसी अध्यक्ष आगामी सोमबार चार दिनका लागि नेपाल आइपुगेका हुन्।
बार्कलेलाई नेपाल क्रिकेट संघ (क्यान)का उपाध्यक्ष रोशनबहादुर सिंह, सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्काले स्वागत गरे।
क्यान अध्यक्ष चुतरबहादुर चन्दले आईसीसी अध्यक्षको भ्रमणलाई नेपाली खेलकुद विकासको अवसरको ढोका हुने बताए।
आईसीसी अध्यक्ष बार्कले नेपालमा रहँदा त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदान पनि जाने छन्।
सन् २०२७ को यू–१९ वुमन्स विश्वकप क्रिकेटको नेपालले सह-आयोजना सम्भावनाबारे उनले त्रिवि र मूलपानी मैदान निरीक्षण गर्न लागेका हुन्।
भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन र खेलकुदमन्त्री विराजभक्त श्रेष्ठलाई पनि भेट्ने भएका छन्।
उनले भेटका क्रममा क्रिकेट विकासमा सहयोग, अनुदान र नेपालको नीतिसँगको नीतिसहितका विषयमा कुरा गर्ने तयारी छ।
Shares
प्रतिक्रिया