राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको खेल मैदान आफैं संरक्षण गर्ने भएको छ।
राखेपमातहत रहेको दशरथ रंगशालाको खेल मैदान लामो समयदेखि अखिल नेपाल फुटबल संघले मर्मत सम्भार तथा संरक्षण गर्दै आएको थियो।
तर मैदानको गुणस्तर र स्तरोन्नतिमा सन्तोषजनक नभएकोले अबदेखि राखेप आफैँले संरक्षण गर्ने भएको हो। संरक्षणको प्रारम्भिक कार्य मंगलबारदेखि नै सुरु भएको छ ।
राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ को परिच्छेदको नियम २० को उपनियम (३) मा पनि राखेप मातहतका भौतिक पूर्वाधारको संरक्षण र सम्वर्द्धन राखेपले नै गर्ने उल्लेख छ।
उक्त खेल मैदानको संरक्षण गर्न दैनिक आवयश्क पर्ने जनशक्तिको पनि राखेपले व्यवस्था गरिसकेको छ।
57
Shares
प्रतिक्रिया