ad ad

खेल


बी डिभिजन क्लब बाँसबारीलाई अराउन्ड द हिमालयज प्रालिको मुख्य प्रायोजन

बी डिभिजन क्लब बाँसबारीलाई अराउन्ड द हिमालयज प्रालिको मुख्य प्रायोजन

नेपालखबर
फागुन ४, २०७६ आइतबार ९:४,

सहिद स्मारक बी डिभिजन क्लब बाँसबारीलाई अराउन्ड द हिमालयज प्रालिले मुख्य प्रायोजन गरेको छ। लिग खेल्ने तयारीमा रहेको बाँसबारीले आइतबार एक कार्यक्रमका बीच अराउन्ड द हिमालयजसँग एक वर्षे प्रायोजन सम्झौता गरेको हो।

सम्झौतापत्रमा क्लबका अध्यक्ष प्रेम थापा र हिमालयजका एमडी सुधा रमनले हस्ताक्षर गरे। सम्झौताअनुसार द हिमालयजले क्लबलाई १० लाख रुपैयाँ उपलब्ध गराउनेछ। क्लबले अब अराउन्ड द हिमालयज बाँसबारीको नामबाट ‘बी’ डिभिजन लिग खेल्नेछ। यस्तै क्लबको जर्सीमा प्रायोजकको लोगो राखिनेछ।

‘बी’ डिभिजन लिग आगामी फागुन १२ गतेबाट सुरु हुनेछ। लिगका लागि क्लबले २२ खेलाडी र ३ प्रशिक्षकसँग सम्झौता गरेको छ।

क्लबको मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक युगल किशोर राई छन्। सहायक प्रशिक्षकमा निशान श्रेष्ठ र कन्डिसनिङ प्रशिक्षकमा भारतका कपिल फोगटलाई अनुबन्ध गरेको छ।

यस्तो छ बाँसबारीको टिम
अन्जन देवकोटा (कप्तान), टंक प्रसाद गुरुङ, सुलेमान थापा मगर, अनिल गुरुङ, अनुज भण्डारी, अमृत श्रेष्ठ, भीष्मराज घिमिरे, शिव गुरुङ, निशान सुनार, सजिन थापा मगर, सुरेश कुमाल, विशाल स्याङ्तान, सुदिस जबेगु, केशव खड्का, विपिन गुरुङ, रोशन नेपाल, सञ्जय सुब्बा, अजय राजवंशी, दिपांशु राउत, मकरध्वज गुरुङ, कमल खवास र अमृत गुरुङ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .