बलिउड फिल्म ‘बडे मियाँ छोटे मियाँ’ अप्रिल १० बाट रिलिज हुँदैछ। यस फिल्ममा अक्षयकुमार र टाइगर श्राफसहित पृथ्वीराज सुकुमारन, मानुषी छिल्लर, सोनाक्षी सिन्हा लगायतको अभिनय छ।
केहीअघि यस फिल्मको मुख्य अभिनेत्रीको लागि कट्रिना कैफलाई अफर गरिएको खबर बाहिरिएको थियो। तर, उनले सहमत हुन सकिनन्। कारण त्यो बेला उनी अर्कै प्रोजेक्टमा व्यस्त थिइन्।
यस कुराको खुलासा ‘बडे मियाँ छोटे मियाँ’ निर्देशक अली अब्बास जफरले गरे। साथै एक अन्तर्वार्तामा बोल्दै उनले फिल्मको मुख्य अभिनेत्रीको पहिलो रोजाइ कट्रिना कैफ भएको समेत दाबी गरे।
‘जब फिल्म बनाउने कुरा आउँछ, कट्रिना जहिले पनि मेरो पहिलो रोजाइ हुन्। मैले उनलाई कास्ट गरिनँ भने उनले मलाई फोन गरेर भन्छिन् ‘मलाई आफ्नो फिल्ममा किन नलिएको? यसपटक पनि उनले त्यही भनेकी थिइन्।’ उनले भने।
साथै आफ्नो कट्रिनासँगको सम्बन्ध पनि राम्रो भएको सुनाए। उनले भने, ‘मैले उनीसँग जहिले पनि काम गरेको छु। निर्देशक र अभिनेत्रीको रूपमा हामी दुवैको राम्रो सम्बन्ध छ। कट्रिना अर्कै काममा व्यस्त भएकाले हाम्रो फिल्मको हिस्सा बन्न सकिनन्। मलाई आशा छ कि उनले मेरो अर्को फिल्ममा पक्कै काम गर्नेछिन्।’
साथै उनले कट्रिनाको अभिनयको समेत प्रशंसा गरे। कट्रिनाको अभिनयको तारिफ गर्दै अलीले भने, ‘मलाई लाग्छ उनीमा अभिनेत्रीको रुपमा धेरै शक्ति छ। चाहे त्यो फिल्म भारत होस्, मेरे ब्रदर की दुल्हन वा टाइगर जिन्दा है। उनले मसँग उत्कृष्ट गरेकी छिन्। जहिले पनि फिल्म बनाउँछु, उहाँको फोन पक्कै आउँछ।’
कट्रिना अन्तिम पटक फिल्म ‘मेरी क्रिसमस’ मा देखिएकी थिइन्। यसमा उनले विजय सेतुपतिसँग स्क्रिन सेयर गरेकी थिइन्। उनी अब कार्तिक आर्यनसँग आगामी फिल्म ‘चन्दु च्याम्पियन’ मा देखिनेछिन्।
Shares
प्रतिक्रिया