पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएको खेलमा अल नासार साउदी सुपर कपको फाइनलमा पुग्नबाट बञ्चित भएको छ।
सोमबार राति भएको खेलमा अल नासारलाई २१ ले पराजित गर्दै अल हिलाल साउदी सुपर लिगको फाइनलमा पुगेको हो। अल हिलालले अब साउदी सुपर लिगको उपाधिका लागि अल इत्तिहादसँग खेल्नेछ।
अल इत्तिहाद अल वेदालाई २-१ ले हराउँदै उपाधि नजिक पुगेको हो।
अब फाइनल खेल बिहीबार राति हुनेछ।
रोनाल्डोले खेलको ८६औँ मिनेटमा रातो कार्ड पाएका थिए। रोनाल्डोले रातो कार्ड पाएपछि अल नासार १० खेलाडीमा सीमित भएको थियो।
रोनाल्डोले रातो कार्ड पाएपछि उनको खेल करियरको यो कतिऔँ रातो कार्ड होला भन्ने चर्चा चलेको छ।
यसअघिको खेलमा रोनाल्डो रातो कार्ड खाँदै ११औँ पटक मैदान बाहिरिएका थिए। त्यसैले यो रोनाल्डोको खेल करिअरको १२औँ रातो कार्ड हो।
यसअघि रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा रहँदा ४ रातो कार्ड पाएका थिए। रोनाल्डोले पहिलोपटक प्रिमियर लिगमा रातो कार्ड पाएका थिए। सन् २००४ को १५, मेमा एस्टोन भिल्लाविरुद्धको खेलमा रानोल्डोले रातो कार्ड पाएका थिए। सोही समयमा अन्य तीन खेलमा उनले रातो कार्ड पाए।
रोनाल्डोले रियल मड्रिडमा हुँदा ६ रातो कार्ड पाए। खेल करियरमा उनले घरेलु लिगमा सबैभन्दा धेरै कार्ड रियलमा नै पाएका थिए।
युभेन्टसमा रहँदा रोनाल्डोले एक रातो कार्ड पाएका थिए। सन् २०१८ मा भएको च्याम्पियन्स लिगमा रोनाल्डोले रातो कार्ड पाएका थिए। सोही समयमा उनको धेरै ट्रोल पनि भएको थियो। किनकी च्याम्पियन्स लिगको पहिलो राउन्डमा उनका प्रतिद्वन्द्वीका रूपमा लिइने लियोनल मेस्सीले ह्याट्रिक गरेका थिए।
रोनाल्डोका प्रतिद्वन्द्वी लियोनल मेस्सीले भने अहिलेसम्म मात्र ३ रातो कार्ड पाएका छन्।
क्लब करियरमा रातो कार्ड पाएका रोनाल्डोले राष्ट्रिय टोलीका लागि अन्तर्राष्ट्रिय खेलमा भने अहिलेसम्म रातो कार्ड खाएर मैदान छाड्नुपरेको छैन।
सर्वाधिक रातो कार्ड पाउने खेलाडीको सूचीमा कोलम्बियाका डिफेन्डर जेरार्डो बिडोया शीर्ष स्थानमा छन्। उनले आफ्नो खेल करिअरमा सबैभन्दा धेरै अर्थात् ४६ खेल कार्ड पाएका छन्।
यस्तै रोनाल्डो कै पूर्वसहकर्मी रियल मड्रिडका टिममेट सर्जियो रामोसले २९ रातो कार्ड पाएका छन्।
यस्तै काइरिल कुलले २७, एलेक्सिस रुवानो डेलगाडोले २२ तथा पाउलो मोन्टेरो र राफेल म्यार्केजले समान २१ रातो कार्ड पाएका छन्।
फिलिप मेलो र म्याटेयो कोन्टीनीले समान २०, फर्नान्डो एमोरिबियटाले १९, ग्यारी मेडलले १८ रातो कार्ड पाएका छन्।
Shares
प्रतिक्रिया