कर्णाली प्रदेशको सुर्खेतमा हुने अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिग २०२४ छनोटको खेल तालिका सार्वजनिक भएको छ।
एन्फाले आइतबार सात प्रदेशको सहभागिता सुनिश्चित गर्दै महिला लिग छनोटको तालिका सार्वजनिक गरेको हो।
यही शुक्रबार हुने महिला लिग छनोटको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले गण्डकी प्रदेशको सामना गर्नेछ।
सोही दिनको दोस्रो खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशसँग खेल्नेछ।
आगामी वैशाखदेखि सुरु हुने छनोटमा सातै प्रदेशले सहभागिता जनाउनेछन्। दोस्रो चरणमा भने तिन विभागीय टोलीले सिधै स्थान बनाउनेछन्।
वैशाख ८ गते शनिबार भने एक खेल मात्र हुनेछ। सो दिन मधेश प्रदेशले बागमती प्रदेशसँग खेल्नेछ।
९ गते गण्डकी प्रदेशले लुम्बिनी प्रदेशसँग खेल्दा सोही दिनको दोस्रो खेलमा कर्णाली प्रदेशले मधेश प्रदेशसँग खेल्ने तालिका छ।
लिगका सबै खेलहरु विरेन्द्रनगर सुर्खेतमा हुनेछ।
Shares
प्रतिक्रिया