एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा यूएईविरुद्ध नेपालले दुवै अोपनर गुमाएको छ।
इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनरलाई गुमाएको हो।
चौथो ओभरको तेस्रो बलमा अर्का अोपनर आशिफ शेख ८ रन बनाउँदा एलबीडब्लु धरापमा परे।
ओमानको अल अमरेट क्रिकेट मैदान टर्फ १ मा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले चौथो ओभरको खेल जारी रहँदा २ विकेटको क्षतिमा ११ रन बनाएर खेलिरहेको छ।
279
Shares
प्रतिक्रिया