एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा युएईविरुद्ध नेपालले खराब सुरुवात गरेको छ।
ओमानको अल अमरेट क्रिकेट मैदान टर्फ १ मा युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको नेपालले १० ओभरमा ४ विकेटको क्षतिमा ५० रन बनाएर खेलिरहेको छ।
नेपालले चौथो विकेटको रूपमा कुशल मल्ललाई गुमाएको हो। ५ बलमा ३ रन बनाएका कुशल बसिर अहमदको बलमा बोल्ड आउट भए।
त्यसअघि सातौँ ओभरको अन्तिम बलमा नेपालले कप्तान रोहित पौडेललाई गुमाएको थियो। रोहित ५ रन बनाउँदा क्याच आउट भए।
चौथो ओभरको तेस्रो बलमा अोपनर आशिफ शेख ८ रन बनाउँदा एलबीडब्लु धरापमा परे। इनिङस्को पहिलो बलमा नै ओपनर कुशल भुर्तेललाई गुमाएको नेपालले चौथो ओभरमा अर्का ओपनरलाई गुमाएको थियो।
33
Shares
प्रतिक्रिया