नेपालले हङकङविरुद्धको पहिले टस जितेर ब्याटिङ गर्ने भएको छ। एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि नेपालले हङकङसँग स्पर्धा गर्दैछ।
तेस्रो हुने टोलीले फाइनल खेल्ने दुई टोलीसँगै इमर्जिङ कप खेल्ने पाउनेछ।
प्रिमियर कपको फाइनलमा पुगेर एसिया कप खेल्ने सपना भने यूएईसँग पराजित भएपछि तुहिएको थियो।
सेमिफाइनलमा यूएईसँग ६ विकेटले पराजित भएको थियो।
नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलसन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी र अभिनाश बोहरा छन्।
114
Shares
प्रतिक्रिया