नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ। निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै नेपालले १३९ रन जोडेको हो।
खराब सुरुवात गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४४ रन जोडेर पारी सम्हाले। उनले अन्तिम ओभरमा २ छक्का र २ चौकाको मद्दतले २० रन जोडे। नेपालका अन्य ब्याटरहरु चल्न सकेनन्।
सन्दिप जोराले २२ रन बनाए भने कप्तान रोहित पौडेलले २१ रन।
कुशल मल्ल १३ रनमा आउट हुँदा सोमपाल कामी १२ रनमै आउट भए।
अन्य ब्याटरहरुले दोहोरो अंक जोड्न सकेनन्। कुशल भुर्तेल शून्यमा आउट भए।
हङकङका लागि आयुष शुल्काले ३ विकेट लिए। उनले सुरुवाती ३ विकेट लिँदै नेपालको पारी धराशायी बनाउने काम गरे।
आतिक इकबाल, यासमिन मुर्तजा र एहसान खानले पनि एकएक विकेट लिए।
चौधौ ओभरमा नेपालले दुई वटा रन आउटको धक्का बेहोर् यो। सो ओभरमा सन्दिप जोरा र गुल्सन झा रनआउटको सिकार भए।
यो खेल जित्न सके नेपालले एसीसी इमर्जिङ कप खेल्न पाउनेछ। शुक्रबार यूएईसँग पराजित भएसँगै एसिया कप खेल्ने नेपालको सपना भने भंग भइसकेको छ।
Shares
प्रतिक्रिया