काठमाडौँमा जारी वीर गणेशमान सिंह राष्ट्रिय टी–२० प्रतियोगितामा बागमती प्रदेशले चौथो जित दर्ता गरेको छ।
मंगलवारको पहिलो खेलमा बागमतीले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको हो।
कर्णाली दिएको १ सय २१ रनको लक्ष्य बागमती प्रदेशले १४.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो।
बागमतीका लागि कप्तान रित गौतमले सर्वाधिक ३३ रन बनाए। शुभ कंसाकार र इशान पाण्डेले समान २८ रन थपे।
त्यसअघि मुलपानी क्रिकेट मैदानमा बागमतीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णाली प्रदेश २ बल अगावै १ सय २० रनमा समेटियो।
विपिन शाहीले बनाएको ५१ रन नै कर्णालीका लागि सर्वाधिक रह्यो। अन्य ब्याटरले उत्कृष्ट प्रर्दशन गर्न सकेनन्।
बागमतीका लागि गौतम केसीले ५ विकेट लिए। उनले ३.४ ओभरमा १८ रन दिए। सोनु देवकोटा र रिजन ढकालको नाममा समान २ विकेट रह्यो।
3
Shares
प्रतिक्रिया