राष्ट्रिय महिला भलिबल टोली तथा नेपाल पुलिस क्लबकी पुनम चन्द शेर बहादुर खड्का स्पेसल अवार्डबाट सम्मानित भएकी छिन्।
शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना सुरु सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा उनलाई ५० हजार रुपैयाँले सम्मान गरेको हो।
पुनम नेपाल पुलिस क्लबकी महत्वपूर्ण खेलाडी समेत हुन्।
राष्ट्रिय महिला टोलीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा रजत पदक जित्दा होस् वा पहिलो पटक एभीसी एसियन सेन्ट्रल जोनको उपाधि जित्दा उनी टोलीकी सदस्य थिइन्।
72
Shares
प्रतिक्रिया