नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको ऐतिहासिक टी–२० क्रिकेट शृंखलामा डिशहोम फाइबरनेट प्रायोजक छ।
डिशहोम फाइबरनेट ‘पावर्डबाई पार्टनरको’ रुपमा जोडिएको हो। कान्तिपुर टेलिभिजन एचडी, कान्तिपुर म्याक्स र कान्तिपुरको डिजिटल प्लेट्फर्मबाट प्रत्यक्ष प्रसारण हुनेछ।
नेपाल र वेस्टइन्डिजबीचको पाँच खेलको टी–२० शृंखला त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु हुँदै छ।
नेपाल र वेस्टइन्डिज दुवै टिम आउदो टी २० क्रिकेट विश्वकप खेल्न लागेका पनि यो शृंखला निकै नै महत्वपूर्ण रहेको छ।
वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग खेल्ने ५ खेलको शृंखला अन्तर्गत पहिलो खेल शनिबार हुनेछ।
दोस्रो खेल वैशाख १६ मा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र अन्तिम तथा पाँचौ खेल २२ वैशाखमा हुनेछ। सवै खेल मध्याह्न १२ बजेपछि सुरु हुनेछन्।
3
Shares
प्रतिक्रिया