नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले आफ्नो चरित्र हत्या गर्ने उदेश्यले विभिन्न प्रचार भइरहेको गुनासो गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहिन तरिकाले भैरहेको व्यक्तिगत आरोपप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान खड्काले क्रिकेटर सन्दीप लामिछानेसँग जोडर आफ्नो चरित्र हत्या गर्न खोजिएका बताए।
कसैको नाम वा प्रसंग नजोडि उनले चरित्र हत्या गर्नेविरुद्ध कानुनी उपचारमा जाने चेतावनीसमेत दिएका छन्।
खड्काले लेखेका छन्, ‘पछिल्लो केही समययता सामाजिक सञ्जालमा मेरो नाम जोडेर चरित्र हत्या गर्ने हेतुले विभिन्न व्यक्ति तथा संस्थाबाट अपुष्ट र आधारहीन तरिकाले म माथि भैरहेको व्यक्तिगत आरोपप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।
नेपालको कानुनले कसैलाई पनि बिनाप्रमाण चरित्र हत्या गर्ने वा तर्क नराखी व्यक्तिगत आरोप लगाउने छुट दिएको छैन। नेपालको कानुनले सबैलाई कानुनी उपचारको बाटो खुल्ला राखेको छ।
अन्त्यमा नेपाली क्रिकेटप्रतिको मेरो निस्वार्थ भावना र यसको विकास, विस्तारप्रतिको मेरो अठोटमा कदापि पनि परिवर्तन नआउने समेत सम्पूर्णकाबीच संकल्प गर्दछु।’
Shares
प्रतिक्रिया