अलेक्जेन्डर सोर्लोथले ह्याट्रिकसहित चार गोल गरेपछि भिल्लारियलले ला लिगा विजेता रियल मड्रिडलाई बराबरीमा रोकेको छ।
आइतबार राति भएको खेलमा भिल्लारियलले रियललाई ४–४ को बराबरीमा रोक्दै अंक खोसेको हो।
खेलमा रियलले सुरुवाती अग्रता बनाएपनि त्यसलाई जोगाउन सकेन। खेलको १४ औँ मिनेटमा अर्दा गुलेरको गोलमा यिलले सुरुवाती अग्रता बनाएको थियो। ३० औँ मिनेटमा जोसेलुको गोलमा रियलले २–० को अग्रता बनाएको थियो।
तर खेलको ३९ औँ मिनेटमा सोर्लोथको गोलमा भिल्लारियल २–१ को अवस्थामा आएको थियो।
तर ४० औँ मिनेटमा लुकास भास्केजको गोलमा रियलले अग्रता बनायो। पहिलो हाफमो इन्ज्युरी समयमा गुलरको गोलमा रियलले ४–१ को अग्रता बनाएको थियो।
तर खेलको दोस्रो हाफमा भिल्लारियल आक्रमक रुपमा खेलमा फर्कियो। सालोर्थले खेलको ४८ र ५२ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे। ५६ औँ मिनेटमा व्यक्तीगत चौथो गोल गर्दा टोलीलाई बराबरीमा ल्याउन समेत सफल भए।
गएराति कै अन्य खेलमा एथलेटिको बिल्वाओले सेभियालाई २–० ले तथा बार्सिलोनाले रायो भालेकानोलाई ३–० ले हरायो।
जिरोनाले भ्यालेन्सियालाई ३–१ ले हराउँदा ओसासुनाले एथलेटिको मड्रिडमनाथि ४–१ को जित निकाल्न सफल रह्यो।
Shares
प्रतिक्रिया