ad ad

खेल


हैदरावादलाई हराउँदै कोलकता फाइनलमा

हैदरावादलाई हराउँदै कोलकता फाइनलमा

नेपालखबर
जेठ ९, २०८१ बुधबार ६:२७, काठमाडौँ

कोलकत्ता नाईट राइडर्स तेस्रो पटक इंडियन प्रिमियर लिग (आईपीएल) को उपाधि नजिक पुगेको छ। 

मंगलबार राति भएको पहिलो क्वालिफायरमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकता फाइनलमा प्रवेश गरेको हो। 

हैदरावादले दिएको १६० रनको लक्ष्य कोलकाताले ३८ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो। 

कोलकत्ताको जितमा कप्तान श्रेयस ऐयर ५८ र वैकटेस ऐयर ५१ रनमा अविजित रहे। श्रेयसले २४ बलमा ५ चौका र ४ छक्का प्रहार गरे। वेंकटेशले २८ बलमा ५ चौका र ४ छक्का हाने। ओपनर रहमनुल्लाह गुरबाजले २३ र सुनिल नरिनले २१ रनमा पेभेलियन फर्के। 

हैदराबादका लागि कप्तान प्याट कमिन्स र नटराजनले समान १ विकेट लिए। त्यसअघि अहमदाबादमा टस जितेर ब्याटिङ गरेको हैदराबाद १९.३ ओभरमा १ सय ५९ रन बनाउँदा अलआउट भयो। 

हैदराबादका लागि राहुल त्रिपाठीले सर्वाधिक ५५ रनको योगदान दिए। हेनरिच क्लासनले ३२ र कप्तान पट कमिन्सले ३० रन थपे। अब्दुल समदले १६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

कोलकाता लागि मिचेल स्टार्कले ३, वरुण चक्रवर्तीले २ विकेट लिए। वैभव अरोरा, हर्षित राना, सुनिल नरिन र आन्द्रे रसेलको नाममा समान १ विकेट रह्यो। 

कोलकाताले अब उपाधिका लागि दोस्रो क्वालिफायर खेलको विजेतासँग खेल्नेछ। 

पहिलो क्वालिफायरमा पराजित हैदरावादले फाइनलमा पुग्न दोस्रो मौका पाउनेछ। त्यसका लागि एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नुपर्नेछ।

एलिमिनेटर खेलमा आज बुधबार तेस्रो र चौथो स्थानमा रहेका राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बैग्लोर खेल्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .