ad ad

खेल


सन्दीपको भिसा अन्योलकै बीच क्यान अध्यक्ष चन्द अमेरिका उडे

सन्दीपको भिसा अन्योलकै बीच क्यान अध्यक्ष चन्द अमेरिका उडे

नेपालखबर
जेठ १६, २०८१ बुधबार १५:४, काठमाडौँ

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुन बुधबार त्यसतर्फ प्रस्थान गरेका छन्।

१५ खेलाडी र १० अफिसियल गरी २५ सदस्यीय टोलीले विश्वकपमा औपचारिक रूपमा सहभागिता जनाउँदै छ। अध्यक्ष चन्द बुधबार श्रीमतीसहित अमेरिकाका लागि उडेका हुन्।

क्यानले विश्वकपका लागि मिडियाबाट कुनै प्रतिनिधिलाई समावेश नगराई १० सदस्यीय अफिसियल टोली बनाएको छ।

क्यानले आईसीसीलाई बुझाएको १० अफिसियल टोलीमा अध्यक्ष चन्दसँगै मुख्य प्रशिक्षक मोन्टी देसाई, सहायक प्रशिक्षक वसन्त शाही ठकुरी, क्रिकेट कन्सल्टेन्ट नन्दन फाद्निस, बलिङ कन्सल्टेन्ट रड इस्टविक, एनालिस्ट रमण शिवाकोटी, फिजियो विक्रम न्यौपाने, फिटनेस ट्रेनर अब्दुल सतार, व्यवस्थापकमा प्रदीप मजगैयाँ र टिम लिडर दिवाकर घले रहेका छन्।  

क्रिकेटर सन्दीप लामिछानेको विश्वकप सहभागिता अन्योलमै रहेका बेला चन्द अमेरिका लागेपछि सामाजिक सञ्जालमा उनको आलोचना पनि भएको छ।

अमेरिकी दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेपछि क्यानसँगै युवा तथा खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले पनि कूटनीतिक पहल गरिरहेका छन्।

सन्दीपलाई भिसा दिन माग गर्दै आज (बुधबार) नै उनका समर्थकहरूले माइतीघरमा प्रदर्शनसमेत गरेका छन्।

यसैबीच, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मंगलबार अमेरिकी राजदूत डिन आर थम्पसनसँग कुराकानी गरेका थिए। अमेरिकी राजदूत थम्पसन भने मंगलबार नै अमेरिकातर्फ लागेका छन्।

मंगलबारको कुराकानीमा दूतावासले छिटै निर्णय गरेर पठाउने भने पनि अहिलेसम्म कुनै जानकारी नआएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

फास्ट ट्रयाकबाट काम गर्नका लागि पहल भइरहेको तर उनले भिसा पाउने-नपाउने दुवै सम्भावना उत्तिकै रहेको मन्त्रालय स्रोतले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .