ad ad

खेल


त्रिवि क्रिकेट मैदानको सम्झौता सकिन दुई वर्ष बाँकी, खेलकुदमन्त्री भन्छन्– नयाँ प्रक्रिया अघि बढेको छ

त्रिवि क्रिकेट मैदानको सम्झौता सकिन दुई वर्ष बाँकी, खेलकुदमन्त्री भन्छन्– नयाँ प्रक्रिया अघि बढेको छ

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १७:३४, काठमाडौँ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानका लागि त्रिभुवन विश्व विद्यालयसँगको सम्झौता सकिन अब दुई वर्ष बाँकी छ। 

वि.सं २०८३ को वैशाखमा क्रिकेट मैदानका लागि भएको सम्झौता सकिनेछ। सम्झौता सकिन दुई वर्ष बाँकी छँदानै नयाँ सम्झौताका लागि प्रक्रिया अघि बढाइएको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन्। 

सो सम्झौताबारे बिहीबार त्रिवि मैदानमै नेपालखबरले गरेको प्रश्नको जवाफमा मन्त्री श्रेष्ठले भने, ‘नयाँ सम्झौताका लागि अहिले प्रक्रिया अघि बढाइसकेका छौँ। त्रिवि क्रिकेट मैदान लिजका लागि क्यानले टियुसँग सिधै सम्झौता गर्न नमिल्ने र सरकारले सम्झौता गरेर क्यानलाई दिने रहेछ। त्यसकै लागि प्रधानमन्त्री कै उपस्थितिमा छलफल अघि बढेको छ। प्राविधिक कारणले कति कुरा छुटेको हुन्छ। त्यसका लागि आर्थिक र लेखाको विषय निजामती कर्मचारीले मिलाउनु हुन्छ।’

त्रिवि क्रिकेट मैदानका लागि वि.स.२०५९ वैशाख १ गते देखि २०८३ को वैशाखसम्मका लागि सम्झौता भएको थियो। 

सम्झौतामा दुई पक्षबीच पाँच वर्षमा भाडा वृद्धी गर्ने उल्लेख भएपनि सम्झौता अनुसार काम हुन सकेन।

सुरुवातको ३ वर्ष क्यानले वार्षिक ३ लाख रुपैयाँ भाडा दिँदै आएको थियो। तर तेस्रो वर्षपछि भने क्यानले वार्षिक ९ लाख रुपैयाँ भाडा त्रिविलाई दिँदै आएको छ।

क्यानले आर्थिक वर्षका २०७९–८० सम्मको भाडा भुक्तानी गरिसकेको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयकी उप्रशासक सरस्वती गुरुङले जानकारी दिइन्। 

मैदानका लागि आवश्यक भौतिक संरचना सबै क्यानले नै बनाउनुपर्ने सम्झौतामा उल्लेख छ। 

सोही सम्झौता अनुसार क्यान, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् मिलेर त्रिवि क्रिकेट मैदानलाई नयाँ स्वरुपमा लैजाने प्रयासमा छन्।

जसका लागि बिहीबार युवा तथा खेलकुद मन्त्री तथा राखेप सदस्यसचिव टंकलाल घिसिङले मैदानको निरीक्षण गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .