नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सक्षम छ भन्ने सन्देश दिने बेला भइसकेको बताएका छन्।
शनिबार अमेरिकामा अभ्यासका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले टेस्ट मान्यताप्राप्त टिमलाई हराएर नेपाल पनि सबै किसिमबाट सक्षम टिम हो भन्ने सन्देश विश्वकपमा दिने बताए।
आफूहरू विश्वकपका लागि उत्साहित रहेको बताउँदै उनले करिब २५ दिनेदेखि नेपाली टोलीले वेस्टइन्डिज र अमेरिकामा अभ्यास गरिहरेको भन्दै अब विश्वकपका लागि सबै किसिमले तयार रहेको बताए।
‘विश्वकपका लागि एकदमै एक्साइटेड छौँ। २५ दिनदेखि बाहिर नै छाँै। विश्वकप नजिकिँदै गर्दा एक्साइटेड झनै बढिरहेको छ। अभ्यास गरिरहेका छाँै। हामी तयारीमा छौँ। सबै जना साथमा हुनुहुन्छ,’ उनले भने, ‘बेस्ट क्रिकेट खेलेर हामी खुसी दिनेछौँ। नेपाललाई अमेरिकामा सपोर्ट छ। राम्रो खेलेर हामी सबैको नजर तान्नेछौँ। टेस्ट मान्यताप्राप्त टिमलाई हराएर हामीले हामी पनि सक्षम छौँ भन्ने सन्देश दिनुपर्छ अब।’
जुन २ बाट अमेरिका र वेस्टइन्डिजमा टि २० विश्वकप सुरु हुँदैछ। नेपालको खेल भने जुन ४ मा नेदरल्यान्डसँग रहेको छ।
Shares
प्रतिक्रिया