एनसीसीएस आमन्त्रण भ्याली कप टी–२० क्रिकेट प्रतियोगिताको पुरुषतर्फको उपाधि सीईसी काठमाडौँ र महिलातर्फको उपाधि काठमाडौँले उचालेको छ।
शनिबार भएको फाइनलमा पुरुषतर्फको फाइनलमा काठमाडौँले भक्तपुर क्रिकेट सेन्टरलाई १२ रनले पराजित गर्दै उपाधि उचालेको हो।
काठमाडौँले दिएको १ सय २२ रनको लक्ष्य पछ्याएको भक्तपुरले १६.१ ओभरमा ३ विकेटको क्षतिमा १ सय ११ रन मात्र बनाउन सक्यो।
भक्तपुरका दिपेन्द्र रावत र शिवम तिवारीले समान ३८ रन बनाए।
त्यसअघि ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय २१ रनको योगफल तयार पारेको थियो।
काठमाडौँका लागि पुरन थापाले सर्वाधिक ५३ रनको योगदान दिए। अरुण ऐरिले २७ र इसाद अहमदले २१ रन बनाए।
आजै महिलातर्फ भएको फाइनलमा काठमाडौँले सुपर ओभरमा ललितपुरलाई ८ रनले पराजित गर्दै उपाधि उचालेको हो।
45
Shares
प्रतिक्रिया