ad ad

खेल


प्रधानमन्त्री कप एनभीए भलिबलः महिलातर्फ पुलिसको लगातार दोस्रो जित

प्रधानमन्त्री कप एनभीए भलिबलः महिलातर्फ पुलिसको लगातार दोस्रो जित

तस्बिर : सरोज नेपाल


नेपालखबर
जेठ २०, २०८१ आइतबार १३:१६, काठमाडौँ

नेपाल पुलिस क्लबले जारी आठौँ प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगअन्तर्गत महिलातर्फ लगातार दोस्रो जित दर्ता गरेको छ।

उता चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड महिला भलिबल क्लबले भने लिगमा लगातार दोस्रो हार बेहोरेको छ। 

तस्बिर : सरोज नेपाल।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार भएको महिलातर्फको दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड महिला भलिबल क्लबलाई ३–१ को सेटमा हराएको हो।

पहिलो सेटमा १९–२५ ले पराजित पुलिस क्लबले त्यसपछिका सेटमा उत्कृष्ट पुनरागमन गर्दै लिगमा लगातार दोस्रो जित हासिल गरेको हो।

पुलिस क्लबले दोस्रो सेट २५–२२, २५–२२ सहज जित प्राप्त गर्‍यो। प्रतिस्पर्धात्मक चौथो सेटमा पुलिसले २९–२७ ले खेल आफ्ना पक्षमा पारेको हो। 

आजै भएको महिलातर्फको पहिलो खेलमा एभरेस्टले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै जितको सुरुवात गरेको हो।

एभरेस्टले कर्णालीलाई २५–१६,२५–८ र २५–१० ले हराउँदै लिगमा पहिलो जित दर्ता गरेको हो। 

गत चैतमा सम्पन्न आठौँ आरबीबीएभीए भलिबल च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीले लिगमा स्पर्धा गरिरहेका छन्।

पुरुषतर्फ हेल्प नेपाल, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल एपीएफ क्लब, सुदूरपश्चिम स्पोर्ट्स काउन्सिल, कोसी प्रदेश र बूढानीलकण्ठ भलिबल क्लब सहभागी छन्। 

महिलातर्फ एभरेस्ट भलिबल क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, चन्द्रागिरि नगरपालिका न्यु डायमन्ड, त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेशले प्रतिस्पर्धा गर्नेछन्। 

महिला पुरुष दुवैतफेर्का विजेताले समान ८ लाख तथा उपविजेताले ४ लाख रुपैयाँ पाउनेछन्। तेस्रो हुने टोलीले २ लाख रुपैयाँ हात पार्नेछन्। 

दुवैतर्फका सर्वोत्कृष्ट खेलाडीले जनही ५० हजार रुपैयाँ पाउनेछन्।

यसैगरी दुवैतर्फका उत्कृष्ट लिबेरो, सरभर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २० हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .