ad ad

खेल


आईसीसी टी–२० विश्वकप: ओमानलाई पराजित गर्दै नामिबिया विजयी

आईसीसी टी–२० विश्वकप: ओमानलाई पराजित गर्दै नामिबिया विजयी

नेपालखबर
जेठ २१, २०८१ सोमबार १०:७, काठमाडौँ

सुपर ओभरमा ओमानलाई पराजित गर्दै नामिबियाले आईसीसी टी–२० विश्वकपमा विजयी सुरुवात गरेको छ। 

सोमबार बिहान भएको खेलमा समूह ‘बी’ को खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा ११ रनले  हराएको हो। जारी विश्वकपमा पहिलो पटक सुपर ओभरबाट नतिजा आएको हो। 

सुपर ओभरमा नामिबियका डेविट वाइस र गेहार्ड इरास्मस ब्याटिङमा आएका थिए। ओमानका विलाल खानले बलिङ गरेका थिए। सुपर ओभरमा नामिबियाले २१ रन बनाएको थियो। 

वाइसले पहिलो बलमा चौका, दोस्रो बलमा छक्का र तेस्रो बलमा २ रन र चौथो बलमा १ रन लिए। पाचौँ र छैटौँ बलमा इरासमसले लगातार चौका प्रहार गरे। 

सुपर ओभरमा २२ रनको लक्ष्य पाएको ओमानका लागि नसिम खुसी र जिसन मब्सुद ब्याटिङमा आए। डेविट वाइस बलिङमा आए। ओमानले १ विकेट गुमाएर १० रन मात्र बनायो। तेस्रो बलमा नै ओमानका नसिन खुसी आउट भए। 

ओमानले १ सय १० रनको मध्यम लक्ष्य पछ्याएको निामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। 

नामिबियाका लागि जान फ्राइलिंकले बनाएको ४५ रन नै सर्वाधिक रह्यो। उनले ४८ बलमा ६ चौका प्रहार गरे। निकोलस डाभिनले २४ र कप्तान गेहार्ड इरासमसले १३ रन थपे। 

२ बलको सामना गरेका ओपनर माइकल भान लिंगेन शुन्य रनमा नै विलाल खानको बलमा बोल्ड आउट भए। 

ओमानका मेहर खानले २ विकेट लिए। विलाल खान, अकिब इलियास र आयान खानले समान एक् विकेट लिए। 

त्यसअघि ब्रिजटाउनस्थित केनसिंग्टोन ओभलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको ओमान २ बल अगावै १ सय ९ रन बनाउँदा अलआउट भयो। 

खालिद खलिले बनाएको ३४ रन नै ओमानका लागि सर्वाधिक रह्यो। जिसन मक्सुदले २२ रन थपे। आयान खानले १५ तथा सकिल अहमदले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

ओमानलाई कम स्कोरमा रोक्न रुवेन ट्रम्पलम्यानले ४ विकेट लिए उनले ४ ओभरमा २१ रन खर्चे। डेविड वेल्सले ३ विकेट झारे। गेहार्ड इरास्मसले २ तथा वेनार्ड स्कटले १ विकेट आफ्नो नाममा गरे। 

विश्वकपमा आज राति नै समूह डी को पहिलो खेलमा श्रीलंका र दक्षिण अफ्रिका खेल्नेछन्। सो खेल राति सवा ८ बजे सुरु हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .