काठमाडौँस्थित चन्द्रागिरि नगरपालिकाको न्यु डायमन्ड महिला भलिबल क्लब र कर्णाली प्रदेशले काठमाडौँमा जारी आठौँ प्रधानमन्त्री कप महिला तथा पुरुष भलिबल लिगमा लगातार चौथो हार भोगेका छन्।
बुधबार भएको महिलातर्फको खेलमा न्यु डायमन्ड त्रिभुवन आर्मी क्लबसँग र कर्णाली प्रदेश नेपाल पुलिस क्लबसँग सोझो सेटमा हारेका हुन्।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको महिलातर्फको दोस्रो खेलमा डायमन्ड आर्मीसँग ३–२ को सेटमा हारेको हो।
पहिलो सेटमा आर्मीविरुद्ध डायमन्डले २७–२५ माथि रोमाञ्चक जित हासिल गरेको हो। एक समय १७–२४ को अवस्थामा डायमन्डले उत्कृष्ट पुनरागमन गर्दै पहिलो सेटलाई आफ्ना पक्षमा पारेको हो।
दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको डायमन्डले तेस्रो सेट २५–१७ ले गुमायो। चौथो सेटमा एक समय ९–१९ ले अग्रता बनाएको डायमन्डले खेल २३–२५ ले गुमायो। पाचौँ तथा अन्तिम सेट १५–१२ ले गुमाउँदै उसले चौथो हार बेहोरेको हो।
आजै भएको महिलातर्फको पहिलो खेलमा कर्णाली प्रदेश नेपाल पुलिस क्लबसँग ३–० को सोझो सेटमा हार्यो।
पुलिस क्लबले कर्णालीविरुद्ध २५–७, २५–६ र २५–८ को सहज जित हासिल गरेको हो।
लिगमा आजै पुरुषतर्फका चार खेल हुँदै छन्।
Shares
प्रतिक्रिया