ad ad

खेल


आईसीसी टी–२० विश्वकप: पपुआ न्यु गिनीलाई पराजित गर्दै युगान्डाले रच्यो इतिहास

आईसीसी टी–२० विश्वकप: पपुआ न्यु गिनीलाई पराजित गर्दै युगान्डाले रच्यो इतिहास

नेपालखबर
जेठ २४, २०८१ बिहिबार ८:४७, काठमाडौँ

पपुआ न्यु गिनीलाई पराजित गर्दै युगान्डाले आईसीसी टी–२० विश्वकपमा इतिहास रचेको छ। 

अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकप २०२४ मा डेब्यु गरेको युगान्डाले पहिलो जित निकाल्दै इतिहास बनाएको हो। 

बिहीबार बिहान भएको समूह ‘सी’ को खेलमा पिएनजीलाई ३ विकेटले पराजित गर्दै युगान्डाले विश्वकपमा पहिलो जितको स्वाद लिन पाएको हो। 

विश्वकपको डेब्यु खेलमा युगान्डा अफगानिस्तानसँग १ सय २५ रनको फराकिलो अन्तरले पराजित भएको थियो। अफगानिस्तानले दिएको १ सय ४ रनको लक्ष्य पछ्याउँदा ५ रनमा अलआउट भएको थियो। 

तर आज पीएनजीले दिएको ७८ रनको सामान्य लक्ष्य युगान्डाले १८.२ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो। युगान्डाको जितमा रियाजत अली शाहले सर्वाधिक ३३ रनको योगदान दिए। उनले ५६ बलमा १ चौका हाने। 

जुमा मियामी १३ रन बनाउँदा रन आउट भए। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

त्यसअघि गुयानाको प्राभिडेन्स स्टेडियममा युगान्डाले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पीएनजी ५ बल अगावै ७७ रन बनाउँदा अलआउट भयो। 

पीएनजीका लागि हिरी हिरीले १५, लेगा काइका र किपलिन डोरिगाले समान १२ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। 

पीएनजीलाई कम स्कोरमा रोक्न अल्पेश रामजनी, कसमस क्युवाटा, जुमा मियागी र फ्यांक सुवुगाले समान २ विकेट लिए। ब्रियन मासाबाले एक विकेट लिए। 

जितसँगै युगान्डा अंक तालिकाको तेस्रो स्थानमा छ। लगातार दुई खेलमा पराजित पिएनजी चौथो स्थानमा छ। पीएनजी भने वेष्ट इण्डिजसँग ५ विकेटले पराजित भएको थियो। 

अंक तालिकामा अफगानिस्तान शीर्ष र वेस्ट इन्डिज दोस्रो स्थानमा छ। यही समूहको न्यु जिल्यान्डले भने विश्वकप यात्रा सुरु गरेको छैन।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .