ad ad

खेल


नेदरल्यान्ड्सलाई पराजित गर्दै अस्ट्रिया युरो कपको अन्तिम १६ मा

नेदरल्यान्ड्सलाई पराजित गर्दै अस्ट्रिया युरो कपको अन्तिम १६ मा

नेपालखबर
असार १२, २०८१ बुधबार ६:३७, काठमाडौँ

नेदरल्यान्ड्सलाई पराजित गर्दै अस्ट्रिया युरो कप २०२४ मा समूह ‘डी’ को विजेताको रुपमा अन्तिम १६ मा पुगेको छ। 

मंगलबार राति भएको खेलमा नेदरल्यान्ड्समाथि ३–२ को जित निकाल्दै अस्ट्रिया समूह विजेताको रुपमा अन्तिम १६ मा पुगेको हो। 

गएराति नै भएको समूह ‘डी’ कै अर्को खेलमा भने पोल्यान्डसँग बराबरीमा रोकिएपछि फ्रान्स उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ। 

युरो कपमा फ्रान्सेली स्टार केलियम एमबाप्पेले पहिलो गोल गरेपनि पोल्यान्डसँग १–१ को बराबरीमा रोकिदा समूह विजेता बन्ने अवसर गुमायो। दुबै गोल पेनाल्टीमा नै सम्भव भयो। 

खेलको ५६ औँ मिनेटमा एमबाप्पेको पेनाल्टी गोलमा फ्रान्सले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ७९ औँ मिनेटमा रोबर्टो लेवान्डोस्कीले पेनाल्टीमा नै गोल गर्दै फ्रान्ससँग अंक खोसे।  अस्ट्रियाले तीन खेलबाट ६ अंक बनाउँदै समूह विजेता बनेको छ। १ खेलमा जित र २ खेलमा बराबरी गर्दै ५ अंक बनाएको फ्रान्स दोस्रो स्थानमा रह्यो। 

समान खेलबाट ४ अंक बनाएको नेदरल्यान्ड्स पनि तेस्रो स्थानमा रह्यो। अस्ट्रियासँग पराजित नेदरलन्ड्स पनि तेस्रो उत्कृष्ट टोली बन्दै अन्तिम १६ मा पुगेको छ। 

यो समूहबाट भने पोल्यान्ड अंक तालिकाको पुछारमा रहँदै बाहिरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .