ad ad

खेल


टी–२० विश्वकप फाइनलः भारतले एकै ओभरमा गुमायो दुई विकेट

टी–२० विश्वकप फाइनलः भारतले एकै ओभरमा गुमायो दुई विकेट

नेपालखबर
असार १५, २०८१ शनिबार २०:२६, काठमाडौँ

आईसीसी टी–२० विश्वकपको फाइनलमा भारतले दुई विकेट गुमाएको छ। खेलको दोस्रो ओभरमा कप्तान रोहित शर्मा र विकेट किपर रिसभ पन्त आउट भएका हुन्।

कप्तान शर्माले ५ बल खेल्दै ९ रन बनाए। तर, पन्तले भने खाता खोल्न सकेनन्। 

वेष्ट इन्डिजको व्रिजटाउनस्थित केङ्ग्सिङ्टन ओभलमा भारतले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो।

आईसीसी टी–२० प्रतियोगिताको कुनैपनि फाइनलमा यी दुई टोली पहिलो पटक भिड्न लागेका हुन्। विश्वकपमा भारत र दक्षिण अफ्रिका अपराजित टोलीका रुपमा फाइनल खेल्न लागेका हुन्। 

भारत सन् २००७ पछि विश्वकपको उपाधि उचाल्न आतुर छ।

पहिलो पटक विश्वकपको फाइनलमा पुगेको दक्षिण अफ्रिका नयाँ इतिहास रच्न चाहन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .