प्रधानमन्त्री पुष्पकमल दाहालले खेल क्षेत्रलाई संस्थागत रुपले विकास गर्न घरेलु प्रतियोगिताहरूको महत्त्वपूर्ण भुमिका हुने बताएका छन्।
सोमवार काठमाडौंमा आयोजित प्रकाश दाहाल स्मृति चौंथो महिला तथा पुरूष खुला राष्ट्रिय बक्सिङ प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्।
खेल क्षेत्रलाई संस्थागत रुपले विकास गर्न आन्तरिक खेलकुद कार्यक्रमहरूको भूमिका उल्लेख्य हुने प्रधानमन्त्रीको भनाई थियो।
उनले प्रकाश दाहाल युवाहरूको मनमा राम्रोसँग बस्न सफल भएको कार्यक्रमको उपस्थितिबाट प्रमाणित भएको बताए।
उनले चौथो प्रकाश दाहाल मेमोरियल खुला राष्ट्रिय बक्सिङ च्याम्पियनसिपले प्रकाश दाहालका स्मृति मात्रै नभइ योगदानलाई पनि जीवन्त राख्ने महत्त्वपूर्ण भूमिका खेलेको बताए।
उनले भने, ‘यहाँहरुको उपस्थिति र उत्साह हेर्दा प्रकाश दाहाल साँच्चै नै युवाहरुमा राम्रैसँग बस्न सफल भएका थिए भन्नेकुरालाई यसले फेरि प्रमाणित गरेको छ। तपाईंहरु सबैलाई धन्यवाद भन्न चाहन्छु। यो आयोजनामार्फत प्रकाश दाहालका स्मृति मात्रै होइन, उनका योगदानलाई पनि जीवन्त राख्ने महत्त्वपूर्ण भूमिका खेलेको छ।’
प्रतियोगिता असार २१ गतेसम्म सञ्चालन हुनेछ।
Shares
प्रतिक्रिया