ad ad

खेल


स्वीजरल्यान्ड टाइब्रेकरमा पराजित, इङ्ल्यान्ड युरो कपको सेमिफाइनलमा

स्वीजरल्यान्ड टाइब्रेकरमा पराजित, इङ्ल्यान्ड युरो कपको सेमिफाइनलमा

नेपालखबर
असार २३, २०८१ आइतबार ५:१७, काठमाडौँ

स्वीजरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै इङ्ल्यान्ड युरो कप- २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। 

शनिबार राति भएको क्वार्टरफाइनलमा स्वीटजरल्यानडलाई टाइब्रेकरमा ५–३ ले पराजित गर्दै गर्दै इङ्ल्यान्डले अन्तिम चारमा स्थान पक्का गरेको हो। 

टाइब्रेकरमा इङ्ल्यान्डका सबै प्रहार सफल भए। टाइब्रेकरमा कोले पालमर, जुड बेलिङ्घम, बुकायो साका, इभान टोनी र टे«न्ट एलेक्जेन्डरले गोल गरे। 

स्वीटजरल्यान्डका फावियन, हेर्डन साकिरी, जेकीले गोल गर्दा म्यानुअल अंकाजीको पहिलो प्रहार विफल भयो। 

त्यसअघि खेलको निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो। 

निर्धारित समयको ७५ औँ मिनेटमा ब्रिल इमबोलोको गोलमा स्वीटजरल्यान्डले सुरुवाती अग्रता टाबनाएको थियो। तर ८० औँ मिनेटमा बुकायो साकाको गोलमा इङ्ल्यान्ड खेलमा फर्किएको थियो। 

तर त्यसपछि थप गोल हुन नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। आजै मध्यराति हुने अन्तिम क्वार्टरफाइनलमा नेदरल्यान्ड्स र टर्की भिड्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .