ad ad

कारोबार


आज विदेशी मुद्राहरुको कारोबार कतिमा हुँदैछ? हेर्नुहोस् सूची

आज विदेशी मुद्राहरुको कारोबार कतिमा हुँदैछ? हेर्नुहोस् सूची

नेपालखबर
असार २३, २०८१ आइतबार ५:३०, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य थपघट भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा यी मुद्राको कारोबार भएको थियो आज पनि सोही मूल्यमा कारोबार हुने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८८ पैसा निर्धारण भएको छ। हिजो पनि युरो यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७० रुपैयाँ ४४ पैसा र बिक्रीदर १७१ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९० रुपैयाँ १५ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ३७ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५५ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .