ad ad

खेल


युरो कप २०२४:  टर्कीलाई पराजित गर्दै नेदरल्यान्ड्स सेमिफाइनलमा

युरो कप २०२४:  टर्कीलाई पराजित गर्दै नेदरल्यान्ड्स सेमिफाइनलमा

नेपालखबर
असार २३, २०८१ आइतबार ६:२६, काठमाडौँ

टर्कीलाई पराजित गर्दै नेदरल्यान्ड्स युरो कप- २०२४ को सेमिफाइनलमा प्रवेश गरेको छ। 

शनिबार राति भएको अन्तिम क्वार्टरफाइनलमा टर्कीमाथि २–१ को पुनरागमन जित निकाल्दै डच टोली अन्तिम चारमा पुगेको हो। 

योसँगै युरो कपको सेमिफाइनल समिकरण पूरा भएको छ। नेदरल्यान्ड्सले सेमिफाइनलमा इङ्ग्ल्यान्डको सामना गर्नेछ। 

खेलको ३५ औँ मिनेटमा समेत अकायदिनको गोलमा टर्कीले सुरुवाती अग्रता बनाएको थियो। 

तर खेलको ७० औँ मिनेटमा स्टेफन डेभ्रिजको गोलमा डच टोली खेलमा फर्किएको थियो। खेलको ७६ औँ मिनेटमा मर्ट मल्डुरको उपहार गोलमा नेदरल्यान्ड्सले अन्तिम चारको यात्रा तय गरेको हो। 

गएराति नै भएको अर्को क्वार्टरफाइनलमा स्वीटजरल्यान्डलाई टाइब्रेकरमा पराजित गर्दै इङग्ल्यान्डले सेमिफाइनमा स्थान बनाएको थियो। पहिलो सेमिफाइन्लमा फ्रान्स र स्पेन भिड्नेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .