ad ad

खेल


ललित स्मृति एन्फा यू१८ फुटबल प्रतियोगिताको तयारी पूरा

ललित स्मृति एन्फा यू१८ फुटबल प्रतियोगिताको तयारी पूरा

नेपालखबर
असार २६, २०८१ बुधबार २०:१७, काठमाडौँ

यही अन्तिम साता हुने ललित स्मृति एन्फा यू१८ फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। 

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बुधबार पत्रकार सम्मेलन गर्दै लिगको तयारी पूरा भएको जानकारी दिएको हो। 

लिगको पहिलो दिन न्युरोड टीम र चर्च ब्वाइज युनाइटेड क्लब भिड्नेछन्। सोही दिनको अर्को खेलमा सातदोबाटो युथ क्लब र एफसी खुमलटार खेल्ने तालिका छ। 

लिगको पहिलो आठ चरणसम्मको खेल तालिका सार्वजनिक भइसकेको छ।

लिगमा एपीएफ फुटबल क्लब, चर्च व्याइज फुटवल क्लब, एफसी खुमलटार, मछिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, श्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब सहभागी हुने एन्फा उपाध्यक्ष तथा प्रतियोगिता संयोजक दिपक खतिवडाले जानकारी दिए। 

लिग डबल राउन्ड रोबिनका आधारमा हुनेछ। लिगको उपाधि विजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ५० हजार रुपैयाँ पाउनेछ।

लिगमा उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरले समान १५ हजार रुपैयाँ प्राप्त गर्ने संयोजक खतिवडाले बताए। 

लिगमा सहभागी हुने क्लबलाई एन्फाले तयारी खर्च स्वरुप ३ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने एन्फा प्रवक्ता सुरेश शाहले बताए। प्रतियोगिताका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोस्थित खेल मैदानमा हुनेछ। 

फिफाको ट्यालेन्ट डेभलपमेन्ट स्किल कार्यक्रमअन्तर्गत हुन लागेको लिगको अनुमानित खर्च ८१ लाख ९१,०० रुपैयाँ रहेको छ। यसमा फिफाले ५० हजार डलर सहयोग गर्नेछ भने बाँकी खर्च एन्फाले नै व्यवस्थापन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .