कोपा अमेरिकाको समूह चरणबाटै बाहिरिएपछि अमेरिकाका मुख्य प्रशिक्षक ग्रेग बर्हल्टर बर्खास्त भएका छन्।
कोपा अमेरिकाको समूह चरणमा पानामा र उरुग्वेसँग पराजित हुँदै अमेरिका समूह चरणबाटै बाहिरिने पहिलो आयोजक राष्ट्र बनेको छ।
‘विगत पाँच वर्षदेखि पुरुष राष्ट्रिय टोली र अमेरिकी फुटबलप्रतिको ग्रेगको प्रतिवद्धताका लागि कृतज्ञता व्यक्त गर्दछौँ,’ संयुक्त राज्य सकर महासंघका खेलकुद निर्देशक म्याट क्रोकरले भने, ‘ग्रेगले हाम्रो संघभिज्ञ सबैको सम्मान कमाएका छन् र युवा टोलीलाई एकसाथ ल्याउन र कार्यक्रम अघि बढाउन महत्वपूर्ण भूमिका खेलेका छन्।’
अमेरिकाले टोलीको मुख्य प्रशिक्षकका लागि लिभरका पूर्व प्रशिक्षक जुर्गेन क्लोपसँग कुराकानी अघि बढाउने तयारी गरेको छ।
अमेरिकाले क्याडना र मेक्सिकोसँग मिलेर सन् २०२६ को विश्वकप आयोजना गर्दैछ।
27
Shares
प्रतिक्रिया