ad ad

खेल


साफ यू–२० च्याम्पियनसिपको खेल तालिका परिवर्तन

साफ यू–२० च्याम्पियनसिपको खेल तालिका परिवर्तन

यू२० छनोटको फोटो। तस्बिर : एन्फा


नेपालखबर
असार २७, २०८१ बिहिबार १६:५६, काठमाडौँ

घरेलु मैदानमा हुने साफ यू–२० च्याम्पियनसिपको खेल तालिका परिवर्तन भएको छ।

च्याम्पियनसिपका लागि पाकिस्तानले नाम फिर्ता लिएपछि दक्षिण एसियाली फुटबल महासंघले बिहिबार नयाँ खेल तालिका सार्वजनिक गरेको हो।

नयाँ खेल तालिकाअनुसार च्याम्पियनसिपको उद्घाटन खेलमा घरेलु टोली नेपाल र श्रीलंका भिड्नेछन्। दोस्रो खेलमा भुटान र भारत खेल्नेछन्।

समूह चरणको दोस्रो खेलमा नेपालले बंगलादेशविरुद्ध खेल्नेछ। 

च्याम्पियनसिपको समुह ए मा नेपाल, बंगलादेश र श्रीलंका छन्। समूह ‘बी’मा भारत, श्रीलंका र भुटान छन्। 

समूहका शीर्ष २ टोलीले सेमिफाइनल खेल्नेछन्। फाइनल खेल २८ अगस्टमा हुनेछ। च्याम्पियनसिप त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अगष्ट १८ देखि २८ सम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .