मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले ललितपुरमा जारी ललित स्मृति एन्फा यू–१८ युथ लिगमा विजयी सुरुवात गरेका छन्।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको मंगलबारको दोस्रो खेलमा मछिन्द्र फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
आजै भएको मंगलबारको पहिलो खेलमा मनाङले संकटा क्लबलाई १–० गोल अन्तरले नै हराएको हो।
सोमबार भएको खेलमा नेपाल पुलिस क्लबले थ्रीस्टार क्लबलाई ७–२ को फराकिलो अन्तरले पाखा लगाउँदा जावलाखेल र एपीएफ फुटबल क्लबले भने १–१ को बराबरी गर्दै अंक बाँडे।
132
Shares
प्रतिक्रिया