ad ad

खेल


एपीएफ क्लवका पदाधिकारीकाे कार्यकाल थपियाे

एपीएफ क्लवका पदाधिकारीकाे कार्यकाल थपियाे

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार १५:५,

नेपाल एपीएफ क्लवको वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ। सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा भएको साधारण सभाको नेपाल एपीएफ क्लव खेदकुद निर्देशक समितिका अध्यक्ष सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीले उद्घाटन गरे।

त्यस अवसरमा केसीले नेपाल एपीएफ क्लबमा आवद्ध खेलाडीहरुले क्लवको स्थापनाकाल देखिनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरुमा सहभागि भई प्राप्त गरेको सफलताले राष्ट्र र संगठनको गौरव बढाएको चर्चा गर्दै खेलाडी उत्पादनमा नेपाल एपीएफ क्लवले पुर्‍याएको योगदानको चर्चा गरे।

सो क्लवका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुल्सीराम दाहालले क्लवको आर्थिक वर्ष २०७५/०७६ को आयव्यय विवरण प्रस्तुत गर्दै भावी योजनाबारे चर्चा गरे। उपरीक्षक दाहालले सो क्लवले व्याडमिन्टन, लनटेनिस र महिला भलिबल गरी तीन वटा राष्ट्रिय प्रतियोगिताहरु निरन्तर सञ्चालन गर्दै राष्ट्रको खेलकुदको विकासमा योगदान पुर्‍याउँदै आईरहेको बताए।

उक्त साधारण सभाले क्लबका सदस्यहरु सुरज अधिकारी, अमृत खड्का, नारायण प्रसाद पौडेल, बिनाकुमारी तुलाचन र प्रमोद चौधरीलाई आगामी कार्यकालका लागि कार्यकारिणी समितिको सदस्यको रुपमा सर्वसम्मतीले निरन्तरता दिएको छ।

नेपाल एपीएफ क्लवका खेलाडीहरु भलिबल, फुटबल, क्रिकेट, एथ्लेटिक्स, व्याडमिन्टन लगायत विभिन्न २४ विधाका खेलहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि भई अन्तर्राष्ट्रिय स्तरमा ८९ स्वर्ण, ५६ रजत र ६३ कास्य गरी कुल २ सय ८ अन्तर्राष्ट्रिय पदक र राष्ट्रिय स्तरमा १ हजार ९ स्वर्ण, ८ सय ६९ रजत र ८ सय ७५ कास्य गरी कुल २ हजार ७ सय ५३ पदक प्राप्त गर्न सफल भएको कुरा सो समारोहमा जानकारी गराईएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .