पेरिस ओलम्पिक २०२४ आज आइतबार पौडीकी डुवाना लामा र सुटिङकी सुस्मिता नेपालले खराब प्रदर्शन गरेका छन्।
ओलम्पिकको पौडीतर्फ नेपालकी डुवाना लामाले २ सय मिटर फ्रिस्टाइल विधाको पहिलो हिटमा सहभागी ७ खेलाडीमा अन्तिम स्थानमा रहिन्। उनले २ मिनेट २०.७४ सेकेण्डमा निर्धारित दुरी आप गर्दा आफ्नै व्यक्तिगत प्रदर्शनलाई पनि सुधार गर्न सकिनन्। यसअघि डुवानाले २ मिनेट १२.४६ सेकेन्डको प्रदर्शन थियो।
यस्तै आज नै भएको सुटिङतर्फको १० मिटर एयर राइफलमा सुस्मिता नेपालको प्रदर्शन पनि निराशाजनक रह्यो। ४४ खेलाडी सहभागी सो विधामा सुमित्रा ४२ औँ स्थानमा रहिन्। सुस्मिताले ६ सय ७.८ स्कोर गरिन्।
यसअघि शनिबार भएको टेवल टेनिसको खेलमा नेपालका स्यान्टु श्रेष्ठ प्रारम्भिक चरणबाट नै बाहिरिएका छन्। ब्याडमिन्टनका प्रिन्स दाहाल पनि समूह चरणको आफ्नो पहिलो खेलमा पराजित भएका थिए।
45
Shares
प्रतिक्रिया