ad ad

खेल


नेपाल र भुटानबीचको पहिलो सेमिफाइनल खेल टाइब्रकेरमा

नेपाल र भुटानबीचको पहिलो सेमिफाइनल खेल टाइब्रकेरमा

नेपालखबर
भदौ ९, २०८१ आइतबार १६:५५, काठमाडौँ

साफ यू–२० च्याम्पियनसिप अन्तर्गत नेपाल र भुटानबीचको पहिलो सेमिफाइनल खेल टाइब्रकेरमा धकेलिएको छ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा निर्धारित ९० मिनेटमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो।

खेलको ५६ औँ मिनेटमा भजस्टविनको गोलमा भुटानले सुरुवाती अग्रता बनाएको थियो।

७१ औँ मिनेटमा नेपालका अविनास स्याङताङको फ्रिकीक भुटानी गोलरक्षकले उत्कृष्ट बचाउ गरे। ७४ औँ मिनेटमा अविनासको फ्रीकीक क्रसबारको माथिबाट बाहिरियो।

खेलको ७७ औँ मिनेटमा भुटान १० खेलाडीमा समेटियो। किङजाम दोहोरो पँहेलो कार्ड खादै मैदान छाडेपछि भुटान १० खेलाडीमा सिमित बनेको हो। च्याम्पियनसिपमा भुटानले लगातार तीन खेलमा रातो कार्ड पाएको हो।

भुटान १० खेलाडीमा सिमित बने लगत्तै निराजन धामीको हेडर गोलमा नेपाल खेलमा फर्कियो।

त्यसपछि खेलमा नेपालले भुटानविरुद्ध दबाब बनाएपनि गोल गर्न भने असफल भयो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .