ad ad

खेल


एन्फा महिला लिग आजदेखि

उद्घाटन खेलमा कोसी प्रदेश र वालिङ नगरपालिका भिड्ने
एन्फा महिला लिग आजदेखि

नेपालखबर
भदौ १६, २०८१ आइतबार ६:३१, काठमाडौँ

अखिल नेपाल फुटबल संघ (एन्फा) महिला लिग आज (आइतबार)देखि सुरु हुँदैछ। लिगको उद्घाटन खेलमा कोसी प्रदेश र स्याङ्जाकाे वालिङ नगरपालिका भिड्दैछन्। 

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो ३ बजेपछि सुरु हुनेछ। दुई चरणमा हुने लिगको पहिलो चरणमा १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। 

लिगमा छनोट चरण पार गर्दै उत्कृष्ट तीनमा रहेका कोशी प्रदेश, सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशले पहिलो चरणमा स्थान बनाएका छन्। 

एन्फाले लिगमा सहभागी ३ विभागीयसहित २ क्लबका टोलीलाई सिधै लिग चरणमा स्थान दिइएको हो। 

यस्तै ३ विभागीय टोली (एपीएफ फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस क्लब) सहित ए, बी र सी डिभिजन क्लबबाट २ टिम (संकटा क्लब, बागमती युथ क्लब) तथा नगरपालिका २ टोली (वालिङ र चन्द्रपुर नगरपालिका) सहभागी छन्। 

पहिलो चरणका ४० खेलपछि अंक तालिकाको शीर्ष ५ मा रहने टोलीले सुपर लिग खेल्नेछन्। सुपर लिगमा ५ टोलीले डबल राउन्ड रोविनमा खेल्नेछन्। 

सुपर लिगका २० खेलपछि शीर्ष ४ टोलीबीच प्लेअफ र फाइनल खेल हुनेछ। शीर्ष दुई टोलीले पहिलो प्लेअफ खेल्नेछन्। पहिलो प्लेअफको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ। पराजित हुने टोलीले एलिमिनेटर खेल्नेछ। 

अंक तालिकाको तेस्रो र चौथो स्थानमा रहने टोलीले दोस्रो प्लेअफ खेल्नेछ। दोस्रो प्लेअफको विजेताले पहिलो प्लेअफमा पराजित हुने टोलीसँग एलिमिनेटर खेल्नेछ। एलिमिनेटरको विजेता र पहिलो प्लेअफको विजेताले फाइनल खेल्नेछन्। 

फिफा कनेक्टमा कम्तिमा ९० खेल हुनुपर्नेछ। छनोट खेलमा २१ खेल भएका छन्। अब ६९ खेल हुनेछ। 

महिला लिगको उपाधि विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमले जनही १ लाख रुपैयाँ पाउनेछन्। 

उत्कृष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताले समान ५०-५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। हरेक खेलका प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउनेछन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .