ad ad

खेल


एमबाप्पेको २ गोलमा रियल मड्रिडको सहज जित

एमबाप्पेको २ गोलमा रियल मड्रिडको सहज जित

नेपालखबर
भदौ १७, २०८१ सोमबार ७:०, काठमाडौँ

केलियन एमबाप्पेले स्पेनिस ला लिगामा दुई गोल गरेपछि रियल मड्रिडले रियल बेटिसलाई सहजै पराजित गरेको छ। 

आइतबार राति भएको खेलमा रियल मड्रिडले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित गरेको हो। 

एमबाप्पेले यसअघि ला लिगाका तीन खेलमा गोल गर्न सकेका थिएनन्। एमबाप्पले रियलका लागि गरेका खेलको ६७ औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। 

७५ औँ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियलको जित पक्का गरे। 

गएराति नै भएको खेलमा ओसासुनाले सेल्टा डि भिगोमाथि ३–२ को संर्घषपूर्ण जित निकालेको छ। 
अर्को खेलमा डिपोर्टिभ अलाभेसले लस पालमासलाई तथा जिरोनाले सेभिल्ललाई समान २–० गोल अन्तरले पाखा लगाए। 

गएराति कै अर्को खेलमा गेटाफे र रियल सोसिडाडले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .